काठमाडौं । काठमाडौंको सीतापाइलामा ट्रक दुर्घटना भएको छ । बा.४ ख ५८५ नम्बरको आइचर ट्रक सीतापाइला चोक नजिक सडकमै पल्टिएको हो । आज विहानै भएको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
उता, सिन्धुपाल्चोकको सुनकोशी–७ पाँचकिलोमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौर जाँदै गरेको बा.१५च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।




मृत्यु हुनेमा दुई जना पुरुष रहेका पनि प्रहरीले जनाएको छ । घाइते चार जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।



