काठमाडौं । उपत्यकामा लुटपाट आतंक मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मूलपानीमा लुटेरा समूहमाथि दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । गोली लागेर लुटेरा समूहका एक जना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको हो । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौंले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी घाइते भएका छन् । आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतंक मच्चाउँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय