काठमाडौं । Asian Kickboxing Confederation को समन्वय तथा National Kickboxing Association Nepal को आयोजनामा ‘नेशनल किकबक्सिङ डेभलपमेन्ट प्रोग्राम २०२६’ सम्पन्न भएको छ ।

मार्च ३१ तारिखदेखि अप्रिल ४ सम्म काठमाडौँमा भएको कार्यक्रममा विशेष रूपमा ब्ल्याकबेल्ट ग्रेडिङ, रेफ्री तथा कोच लाइसेन्सिङसम्बन्धी प्रशिक्षण र मूल्यांकन गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक र निर्णायकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रमले नेपाली किकबक्सिङ खेलको स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । ब्ल्याकबेल्ट ग्रेडिङमार्फत योग्य खेलाडीहरूको क्षमताको परीक्षण गरी उनीहरूलाई उच्च स्तरमा उकासिनेछ भने रेफ्री तथा कोच लाइसेन्सिङमार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमले किकबक्सिङ खेललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित बनाउन सहयोग पु¥याउनुका साथै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेछ ।
कार्यक्रम अवधिभर विभिन्न प्राविधिक प्रशिक्षण, कार्यशाला तथा मूल्यांकन सत्रहरू सञ्चालन गरिएका थिए ।

काठमाडौंको कालिमाटी बैंक्वेटमा आयोजित समापन सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्तो कार्यक्रमले खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरको अनुभव हासिल गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरुले देश चिनाउने भएकाले अनुसाशित भएर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कलाकौशल देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय