काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं.  १० ले निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कीर्तिपुरमा आयोजित कार्यक्रममा उम्मेदवार रुपा महर्जनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै कार्यकर्ता एकजुट भएर सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको विश्वास जित्दै विकास र परिवर्तनको पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । महर्जनले  जनताको अधिकार, सुशासन, सामाजिक न्याय र समावेशी विकासका विषयमा पार्टीको धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उम्मेदवारको औपचारिक परिचय गराउँदै पार्टीले अघि सारेका एजेण्डा र भावी कार्ययोजनाको विषयमा जानकारी गराउँदै आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले ५ सय १ जनाको निर्वाचन परिचालन समिति घोषणा समेत गरिएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरू, कार्यकर्ता र समर्थकहरूले पार्टीप्रति विश्वास व्यक्त गर्दै निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय