काठमाडौं । काठमाडौं जिल्ला डेंगु संक्रमणको रेड जोनमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले जनवरी १ देखि हालसम्म उपत्यकामा ५ सय ६५ जना डेंगु संक्रमित भेटिएको जनाएको छ ।
काठमाडौंमा संक्रमण फैलँदो दर अनुसार देशको कुनै पनि अन्य जिल्लामा यो संख्या भन्दा बढी संक्रमित नभेटिई सकेपछि काठमाडौंलाई संक्रमणको रेड जोनमा राखिएको हो । ईडिसिडीले सेप्टेम्बर महिनामा मात्र काठमाडौंमा २ सय संक्रमित थपिएको जनाएको छ ।



ईडीसीडीको विवरण हेर्दा देशका ७५ जिल्लामा नै डेंगु फैलिएको छ भने देशभर संक्रमितको संख्या पाँच हजार एक सय ९६ जना संक्रमित छन् । जसमा २ सय ७४ जनामा मात्रै पछिल्लो सात दिनमा थपिएका हुन । यस्तै यो वर्ष डेंगुबाटै २ जनाले ज्यान गुमाइ सकेका छन् ।
यस्तै यो अवधिमा डेंगु संक्रमित गण्डकी प्रदेशमा १ हजार ३ सय २७ जना पुगेको छ । बागमती प्रदेशमा ११९१, कोशी प्रदेशमा ७३७ जना, मधेश प्रदेशमा ११२ जना, लुम्बिनीमा ९११, कर्णालीमा २९६ र सुदूरपश्चिम प्रदेशमा क्रमशः ६२२ जना संक्रमित रहेका छन् ।
विगतका वर्षहरूमा नेपालमा डेंगुको संक्रमणदर हेर्दा अगस्ट र सेप्टेम्बर सम्म डेंगु संक्रमण तीव्र फैलदै आएको छ ।



