काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग सुरु विन्दु डुकुछापमा सार्ने विषयमा आदिवासी जनजाति आयोगले सुझाव प्रतिवेदन प्रधानमन्त्री समक्ष हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदिवासी जनजाति आयोगले काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम छ । प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुछापमा स्थानान्तरण गर्न उपर्युक्त हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय