काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी महानगरले दिवस मनाएको हो ।

विभिन्न धर्म , संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा नगर प्रहरी, नेपाल प्रहरीलगायतले कलाकौशल प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित समारोहमा उपत्यकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसहित विभिन्न क्षेत्रमा व्यक्तित्वहरु सहभागी थिए । समारोहमा धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका समान रहेकाले सबैले सहयोग गर्नु पर्ने बताए ।

मयेर शाहले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको पनि बताए । कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपूर्ण योगदान गर्नेहरुलाई कदरस्वरूप सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय