काठमाडौं । कवाड व्यवसायीको आन्दोलन तेस्रो दिन पनि जारी छ । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले भृकुटीमण्डपबाट सुरु गरेको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो ।
महानगरपालिका अगाडी सडकमै ब्यानर बिछ्याएर प्रदर्शनकारी धर्नामा बसेका छन् । सहभागी अधिकांश प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोकेका छन् । सर्वोच्च अदालतको आदेश विपरित पनि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।



आन्दोलनकारीले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।



