काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा बिनोद श्रेष्ठ उम्मेदवार बनेसँगै नेकपा एमालेले निर्वाचन तयारीलाई तीव्र बनाएको छ। यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सचिवालय सदस्य भाईकृष्ण बलामीको नेतृत्वमा विभिन्न युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।



आज काठमाडौं–१० मा आयोजित नेकपा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा युवाहरू औपचारिक रूपमा पार्टीमा समाहित भएका हुन्। कार्यक्रममा पार्टीका नेताहरू तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले युवाहरूको सहभागिताले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने गरी एकताबद्ध भएर अघि बढ्न आग्रहसमेत गरेका छन्।
भाईकृष्ण बलामी यसअघि पनि नेकपा एमालेमै सक्रिय रहनु भएको थियो। पछि उहाँ माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा सहभागी हुनुभएको थियो। हाल पुनः एमालेमै फर्किएर राजनीतिक गतिविधिमा सक्रिय हुनु भएको छ।



