काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ९ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपि अर्याल चन्द्रागिरि नगरपालिकास्थित सृजनाचोक, दहचोकमा आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ।
स्थानीय मतदाता, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँगको भेटघाटका क्रममा अर्यालले आफ्नो राजनीतिक उद्देश्य र भावी योजनाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले समेत आफ्ना जिज्ञासा, सुझाव तथा अपेक्षा राखेका थिए।



भेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको उल्लेख गर्दै अर्यालले जनताको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



