काभ्रेको पाँचखालमा भएको आगलागीमा नौ वटा पसल जलेर नष्ट भएका छन । पाँचखाल नगरपालिका चारस्थित समाज कल्याणचोकमा रहेको उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा नौ वटा पसल जलेर नष्ट भएका हुन ।
आगलागीवाट तिमल्सिनाको घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्णि क्षति, ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । विहान सवा छ बजे शुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीय र बारुणयन्त्रको सहयोगमा करिवक एक नियन्त्रणमा आएको थियो ।






