काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ ।



पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो । एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागी राति साढे १ बजे पाँचखाल नगरपालिकाको दमकलले निभाएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।



