स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ । पालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालनपोषणमा सहयोग उपलब्ध गराउने भएको हो ।

पछिल्लो समयमा गाउँपालिकामा जनसंख्या घट्दै गएपछि पालिकाको ऋणात्मक जनसंख्या बृद्धिदरले आगामी ३० वर्षमा कालीगण्डकी गाउँपालिकाको जनसंख्या १७ हजार ९ सयबाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण देखएपछि गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले कम्तीमा तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने बताउनु भएको छ ।

दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रममा नै समाहित गरी बालबालिकाको पालनपोषणलाई सहयोग गरी प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

साथै गाउँपालिका भित्र कसैले खेती योग्य कुनै पनि जमीन बाँझो राख्नेलाई पालिकाले जरिवाना तिराउने समेत भएको छ । व्यक्तिगत वा सामूहिक खेती गर्न चाहने किसानलाई गाउँपालिकाले उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिने र खेती गर्न नसक्ने किसानको जमीन गाउँपालिकाले भाडा लिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय