काठमाडौं । जेजनी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आज जारी गरेको विज्ञप्तीमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतीय कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुने गरी गैरकानूनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको तथ्य प्रष्ट भइसकेको छ । यो कार्य सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री भएको जेनजी मुभमेन्टको ठहर छ ।


जेनजी मुभमेन्टले भनेको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।”

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन तत्काल कानूनी प्रक्रिया सुरु गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय