काठमाडौं । नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम जलविद्युत केन्द्र मकवानपुरले कुलेखानीको ड्याम भरिन लागेको भन्दै सूचना जारी गरेको छ ।

प्राधिकरणले ड्याम केही घण्टामै भरिन सक्ने भन्दै बाँधको सुरक्षार्थ ड्यामका ढोका खोल्नुपर्ने बताएको हो । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदीमा बाढी आउन सक्ने हुँदा नदी किनारा छेउछाउमा बस्ने व्यक्तिहरुलाई उच्च सतर्कता अपनाउन तथा प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न अनुरोध गरिएको छ ।

प्राधिकरणले मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय