काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट भएका निर्णयमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षको बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले पार्टीका आधिकारिक निर्णय सबैले पालना गर्नुपर्ने बताए । यादवका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन आवश्यक नरहेको निष्कर्ष निकालिसकेको र उक्त निर्णयप्रति संस्थापन पक्ष दृढ रहेको छ । पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न यसअघि नै आह्वान गरिसकिएको उनले जानकारी दिए ।

उनले केन्द्रीय समिति एकताबद्ध भएर पार्टीलाई मजबुत बनाउने लक्ष्यमा रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एउटै धारमा उभिन आग्रह गरे । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नै आगामी गतिविधि अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

साथै, यादवले पार्टीलाई आगामी निर्वाचनको तयारीतर्फ केन्द्रित गर्न आवश्यक रहेको बताए । सभापति शेरबहादुर देउवाले पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबै पक्षलाई निरन्तर आग्रह गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय