काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसीप प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आज देखि सुरु हुने तेस्रो संस्करणको प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुँदैछ । प्रतियोगितामा दुई विदेशीसहित टोलीले सहभागिता जनाउँदैछ ।

प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यूरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाएको छ । प्रतियोगिताको क्वार्टरफाइनल सम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय मैदान तथा सेमीफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँले सम्मान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ भने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय