काठमाडौं । नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाले जानकारी दिएको छ । उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका वर्षको एक पटक खोलिँदै आएको छ । यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार दुई सय जनाले सीमा प्रवेश पास लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिने भएको छ ।

विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन् । उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन् । यो नाका अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय