क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि रोकिएको छ । आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले सन्दीपविरुद्ध बलात्कारको मुद्दा दर्ता गराएकी किशोरीको जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश दिएका हुन ।

न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा फैसला गर्ने भएको हो । सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो द्रुग गतिमा टुंग्याउन निर्देशनात्मक आदेश दिएपछि मुद्दा लम्बिदै गएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन सकेको थिएन ।

सर्वोच्चको आदेश आएको तीन महिना बितिसक्दापनि जिल्ला अदालत काठमाडौंले टुंगो लगाउन सकेका छैनन । गत भदौमा नै लामिछानेलाई जिल्ला अदालतले पूर्वक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतले भने पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाएको छ । त्यसपछि लामिछानेले प्रतिबन्ध फुकुवा माग गर्दै सर्वोच्चमा मुद्दा हालेपछि अदालतले प्रतिबन्ध फुकुवा गर्दै द्रुत गतिमा मुद्दा टुंग्याउन आदेश गरेको थियो । सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय