काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने दाबी गर्नुभएको छ । विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको शनिबार निरीक्षण र अनुगमन गर्दै कोइरालाले उक्त दाबी गर्नुभएको हो । उहाँले कोइराला निवास घर मात्र नभइ इतिहास समेत भएकाले कोइराला निवास जलाएर इतिहास जलाउने काम भएको भन्दै घटनाको विषयमा बिस्तारै पर्दाफास हुने पनि बताउनु भयो ।

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो । कोइरालाले हालै भएको संसद विघटन संविधान सम्मत नभएपनि देशलाई थप क्षतिबाट जोगाउन यो नै विकल्प भएको बताउनुभयो । संसद विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उहाँको भनाइ छ । सबै कुरा संविधानसम्मत यस्तो बेलामा हुँदैन । यो असंवैधानिक भए पनि, भएको संविधानलाई धेरै नचलाईकन, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको कोइरालाको तर्क छ । नेता कोइरालाले वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष चुनाव गराउनु रहेको र अब देश चुनावकै बाटोबाट ट्र्याकमा ल्याउनु पर्ने भन्दै अब चुनावको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय