काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सोमबार बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको र बहाव घट्दो क्रममा छ ।
सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको हो । कोसीमा सन १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । सोमबार बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ । सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ । कोसी ब्यारेजले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ । पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको हो ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



