अमेरिकाबाट ८० जना यात्रु लिएर उडेको विमान दुर्घटना भएको छ । क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष रहेका छन् ।

विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए । विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय