काठमाडौं – देशभरको प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। कमजोर दृश्यताका कारण काठमाडौंबाहिरका धेरै विमानस्थलमा बिहानका उडानहरू अवरुद्ध भए। परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ। त्यसैगरी, मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट भयो भने चीनको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको छ।

हाल मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएका छन्। आन्तरिकतर्फ काठमाडौंबाट जनकपुर, भैरहवा, र भद्रपुरतर्फ उडान भएका छन् भने नेपालगन्ज, जनकपुर, र धनगढीबाट काठमाडौंका लागि जहाज आएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मौसम बदली रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय