पाल्पा । केही वर्ष अघिसम्म बर्खा लागेपछि फाँट र सिमसारमा देखिने बकुल्ला आजभोली देखिन छाडेको छ । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र स–साना खोला किनारामा देखिने बकुल्लाहरु देखिन छाडेका हुन् ।
खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्लाहरु सिमसार मासिँदै गएपछि देखिन छाडेका हुन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन् ।



बर, पिपल, सिमल जस्ता अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरु एकाएक देखिन थालेको छ । असार महिना जब धान रोप्न समयमा बकुल्लाहरु खेतका फाँटमा सेताम्मै देखिन्थे । धान रोपेदेखि धान नकाट्दासम्म हुलका हुल देखिने बकुल्ला आज छैनन् ।
खोला र सिमसारहरु मासिँदै जाँदा तिनीहरु पनि हराउँदै गएको छ । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीले बकुल्ला जस्ता जलपन्छी वर्षेनी घट्दै गएको छ ।



