काठमाडौं । नेपालले युगान्डालाई हराउँदै खोखो विश्वकपको फाइनल खेल आज खेल्दैछ । भारतको इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको महिलातर्फको पहिलो सेमीफाइनलमा युगान्डालाई हराउँदै नेपालको खो खो खेलाडी टोलीले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास रचेको हो । नेपालले यसअघि कुनै पनि खेलमा विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन ।

यस्तै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको छ । उपाधिको लागि आज दुबै टोलीले भारतसँग प्रतिस्पर्धा गर्दैछ । महिला फाइनल खेल राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजे भारतमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय