काठमाडौं । जेष्ठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व मनाईदै छ । सनातन धर्ममा गंगा नदीले पृथ्वीमा अवतरण गरेको दिनको रूपमा यसलाई हेरिन्छ ।
भगीरथले अनेकौँ प्रयास गरी गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइँदै छ ।



दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा सुरु भई दशमीमा पूरा हुन्छ । यसमध्ये दशमीको विशेष महत्व रहेको छ । सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ । यस दिनको दान तथा उपवासले विशेष महत्व राख्दछ ।
रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।



