आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रोल्पाले आफ्नो क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन महामन्त्री गगन थापा सहित पाँच जनाको नाम सिफारिस गरेको छ।नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यका अनुसार जिल्लामा बसेको कांग्रेस जिल्ला कार्यसमितिको मङ्गलबारको बैठकले पाँच जनाको नाम सिफारिस गर्दै केन्द्रमा पठाउने निर्णय गरेको हो।



सिफारिस गरिएका उम्मेदवारहरू जिल्ला कार्यसमितिको निर्णयअनुसार प्रत्यक्ष निर्वाचनका लागि निम्न व्यक्तिहरू सिफारिस गरिएको छः
गगन थापा – महामन्त्री, नेपाली कांग्रेस
अमरसिंह पुन – सभापति, नेपाली कांग्रेस लुम्बिनी प्रदेश
मनोजमणी आचार्य – महासमिति सदस्य
डा। मन्दिप सुवेदी
ज्ञानबहादुर ओली
निर्वाचन नजिकिँदै कांग्रेस रोल्पामा चहलपहल
फागुन २१ मा निर्वाचन हुने घोषणा भएपछि रोल्पामा दलगत गतिविधि तीव्र बनेका छन्। कांग्रेसले जिल्लाबाट लोकप्रिय र सशक्त उम्मेदवारको खोजी गरिरहेको बेला गगन थापाको नाम अघि सारिएको विषयले जिल्लासहित राष्ट्रिय राजनीतिक वृत्तमा पनि चासो बढाएको छ। सभापति आचार्यका अनुसार सिफारिस भएका पाँचै जना स्थानीय, क्षेत्रीय र केन्द्रीय संरचनामा सक्रिय रूपमा काम गरिरहेका कारण विकल्पको रूपमा सूचीमा समावेश गरिएको हो। अब अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कार्यसमितिले गर्नेछ।
जिल्ला समितिको बैठक
जिल्ला कार्यसमिति बैठकमा निर्वाचन योजनासम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो। जिल्ला समितिले संगठित रूपमा निर्वाचनमा जाने तयारी तीव्र बनाउन सबै तहका नेताकार्यकर्तालाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।



