काठमाडौं । गणतन्त्रवादी र राजतन्त्रवादीले आज काठमाडौँमा छुट्टा–छुट्टै विरोध प्रदर्शन कार्यक्रम गरिरहेका छन् । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा र राजतन्त्रवादी दल र समूहहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
समाजवादी मोर्चाको विरोध कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत नेताले सम्बोधन गर्ने छन् ।
राजतन्त्र पुनस्र्थापनाविरुद्ध र सरकारले गरेको गलत कामको बिरोधमा शक्ति प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।



राजतन्त्रवादीहरूले भने काठमाडौँको तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । दुवै शक्तिहरूले एकैदिन प्रदर्शनका कार्यक्रम राखेपछि सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
राप्रपा, राप्रपा नेपाल लगायत दलहरूसहितको राजतन्त्रवादीहरूको प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई कमाण्डर तोकिएको छ भने दुवैले आफ्नो आआफ्नो शक्ति प्रदर्शन ठूलो हुने दाबी गरेका छन् ।



