काठमाडौं । देशैभर गणतन्त्र दिवस मनाई रहँदा चन्द्रागिरि नगरपालिकामा पनि १८औँ गणतन्त्र दिवस मनाइएको छ । चन्द्रागिरि नेकपा एमाले नगर कमिटीले साँझ गुर्जुधारामा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गरेको छ ।
दीप प्रज्ज्वलन कार्यक्रममा नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले गणतन्त्र देशमा संस्थागत भइसकेकोले सम्वृद्धिको बाटो अघि बढेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्र विरोधिहरु सल्वलाउन खोजे पनि मुलुक अब पछाडी नफर्कने दिशातर्फ अग्रसर भइरहेको उल्लेख गर्नुभयो ।



कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।



