काठमाडौं । नेकपा (एमाले) ले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्याली निकालेको छ ।
एमालेले आयोजना गरेको र्याली विभिन्न स्थानबाट कार्यक्रम स्थल भृकुटीमण्डप पुगिरहेको छ । र्याली भृकुटीमण्डपमा पुगेर कोणसभा परिणत हुने छ । एमालेका कार्यकर्ताहरूले भृकुटीमण्डपमा भेला भएर टुँडिखेल परिक्रमा गरिरहेका छन् ।






