काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो । बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको बताउनुभयो । बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् । आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय