काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन विमान स्थलको अध्यागमन विभागका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई विमानस्थलबाट हटाई मन्त्रालय तानेको हो ।
भिजिट भिसा प्रकरणबारे अख्तियार र मन्त्रालयबाट समेत छानबिन भइरहेका ६ जनालाई जिम्मेवारीबाट हटाइएको हो ।



आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर कागजात र कम्प्युटर बरामद गरी अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरी केरकार गरेर भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो ।



