काठमाडौं । काठमाडौंको गौशालामा एकै साथ ८ वटा सवारी साधन ठोक्किएका छन् । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा.५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर अन्य सवारीसाधनलाई ठक्कर दिएको हो ।
दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ का विकास कट्टेल र खोटाङको हलेसीका शैलेन्द्र राई सामान्य घाइते भएका छन् ।



बसको ठक्करबाट सुरु भएको दुर्घटनामा स्कुटरदेखि मोटरसाइकल र कारमा समेत क्षति पुगेको छ ।



