काठमाडौँ — गौशालामा जेन–जी युवा प्रवेश प्रयास गर्दा प्रहरीले गोली चलाएको छ, जसमा एक जनाको देब्रे खुट्टामा चोट लागेको छ। घाइतेलाई तत्काल अस्पताल लगिएको छ। प्रहरी बिट गौशालामा प्रदर्शनकारी युवाहरू प्रवेश गर्न खोज्दा प्रतिवादस्वरूप गोली प्रहार गरिएको बताइएको छ। सुरक्षा बलहरूले भीड नियन्त्रण गर्न अश्रुग्यास र हवाईफायर समेत प्रयोग गरेका छन्।

प्रहरी र सुरक्षा निकायहरूले घटनास्थल वरिपरि निगरानी र गस्ती कडा पारेका छन्। प्रशासनले आगामी दिनमा हिंसात्मक घटनाहरू रोक्न सतर्कता अपनाएको जनाएको छ। दुईजना अर्को एकजनालाई पनि हातमा लाग्यो गोलीलागी दुईवटा औँला चुँडाल्यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय