काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित मंगलोदय सृजनशील समाजले विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । गोरखा जिल्ला आरुघाट गाउँपालिका–३ घुङ्गुस्थित श्री नीलकण्ठ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई समाजले शैक्षिक सामग्री र विद्यालय पोशाक विद्यालयको प्राङ्गण नै पुगेर वितरण गरेको हो ।

मंगलोदय सृजनशील समाजका अध्यक्ष दिवाकर थापाले स्थापनाकालदेखि नै संस्थाले विपन्न तथा आर्थिक रुपमा पछाडि परेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक वितरण गर्दैआएको जानकारी दिनुभयो । उहाँले विद्यालयका विद्यार्थीलाई २ लाख ७५ हजार रुपैयाँ बराबरको सहयोग सहयोग गरेको पनि उल्लेख गर्नुभयो ।

यस्तै संस्थाका सल्लाहकार रवीन्द्र रिजालले अहिलेसम्म विद्यालयलाई तेस्रो पटक सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले संस्थाको मुख्य उद्देश्य नै आर्थिक रुपले पछाडी परेका व्यक्तिहरुको बालबालिकाले पठन–पाठनबाट बञ्चित हुन नपरोस् र उनीहरुको दुःखमा केही मल्हम लगाउन सकियोस् भन्ने उद्देश्य रहेको बताउनु भयो । रिजालले एकले सबैलाई सबैले एकलाई सहयोग गरेमा असम्भव भन्ने केही नभएको हुँदा सबै मिले संसार जित्न सकिने दाबी गर्नुभयो ।

समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरज नेपालले संस्थाले समय–समयमा स्वास्थ्य शिविर, साँस्कृतिक जगेर्ना, पर्यटन विकास, सरसफाई, वृक्षारोपणका साथै विभिन्न जन चेतनामूलक अभियानका माध्यमबाट सामाजिक गतिविधिमा सक्रिय रहदै आईरहेको समेत बताउनु भयो । उहाँले श्री नीलकण्ठ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुशी भएको र अबका दिनमा पनि संस्थाको क्षमताअनुसार सहयोग गर्ने बाचा गर्नुभयो ।

कार्यक्रममा आरुघाट गाउँपालिका वडा तीनका वडा अध्यक्ष श्री टेक बहादुर अधिकारीले काठमाडौंबाट आएर आफ्नो वडामा रहेको विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले साना नानीबाबुहरुको उज्ज्वल भविष्यको लागि वडा सधै कटिबद्ध भई लागि परेको र त्यसमा मंगलोदय सृजनशील समाज जोडिदा अझ थप टेवा पुगेको बताउनु भयो ।

यसैगरी विद्यालय व्यबस्थापनका अध्यक्ष लुत्र बहादुर बरामले स्कुललाई समाजले वर्षेनी सहयोग गर्दैआएको र यो वर्ष पनि सहयोग गरेकोमा आफुहरु आभारी भएको बताउनु भयो । विद्यालयमा अध्ययनरत ११६ जना विद्यार्थीलाई जुत्ता, मोजा, विद्यालय पोशाक, टिफिन बक्स, कपी, पेन्सील उपलब्ध गराएर विद्यार्थीको मनोबल उच्च बनाउन मद्दत गरेको भन्दै आगामी दिनमा पनि समाजसँग सहयोगको अपिल गर्नुभयो ।

मंगलोदय सृजनशील समाजले श्री नीलकण्ठ आधारभूत विद्यालयबाट जिल्ला स्तरीय खेलकुदमा पदक जित्ने २ जना विद्यार्थीलाई पुरस्कृत समेत गरेको थियो भने विद्यालयलाई फुटबल, भलिबल, स्किपिङ रोप, वाटर डिस्पेन्सर, भित्तेघडी, ट्रयाक सुटलगायत सामग्री हस्तान्तरण समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय