काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र वेटर वल्र्ड, दक्षिण कोरियाका प्रतिनिधिबीच भेटवार्ता भएको छ । नगर प्रमुख गिरीको कार्यकक्षमा भएको भेटवार्तामा वेटर वल्र्डका प्रतिनिधिले चन्द्रागिरि नगर क्षेत्र भित्र भएका स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

नगरप्रमुख घनश्याम गिरीले १ देखि १५ वटै वडामा शहरी स्वास्थ्य केन्द्र भएको, नगरको एक मात्र अस्पताल थानकोट प्राथमिक अस्पतालको अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले प्राथमिक अस्पतालसँगै जर्मन सरकारको सहयोगमा १ अर्बको अस्पताल निर्माण भइरहेको बताउनु भयो । हाल संचालनमा रहेको प्राथमिक अस्पतालबाट नगरबासीलाई डाइलासिस सेवा दिने उद्देश्यले ७ वटा मेसिन खरिद गरिसकेको पनि जानकारी दिनुभयो ।

प्रमुख गिरीले १५ वटै वडाको शहरी स्वास्थ्य केन्द्रमा डाक्टर सेवा उपलब्ध गराउने तयारीका साथ नगरमा काम अघि बढेको र पहिलो पटक दैनिक ३ घण्टा डाक्टर सेवा उपलब्ध हुने बताउनु भयो । उहाँले नगर अस्पतालमा विरामीको चापलाई मध्य नजर गर्दै छिटो छरितो, महंगो स्वास्थ्य खर्चलाई काम गराउन वडाको स्वास्थ्य केन्द्रमा डाक्टरसहितको सेवा नगरपालिकाले आगामी महिना भित्र दिन खोजेको पनि बताउनु भयो । साथै प्रमुख गिरीले नगरपालिकाले दिंदै आएको स्वास्थ्य सेवामा नगरबासी खुशी रहेको बताउँदै नगर अस्पताल लगायत अन्य दुई वटा वडामा आँखाको उपचार पनि हुने गरेको जानकारी दिनुभयो ।

नगरप्रमुख गिरीले दक्षिण कोरियाका प्रतिनिधिलाई नगरअस्पतालमा बर्थिङ सेन्टर संचालन भइरहेको र स्थान अभावले गर्भवती र सुत्केरी महिलाले समस्या झेलिरहेकोले अस्पतालमा अत्याधुनिक सुविधायुक्त ट्रस निर्माण गरिदिनको लागि आग्रह गर्नुभयो ।

कोरियाका प्रतिनिधिले आफ्नो संस्थाले नगरपालिकासँग सहकार्य गर्दै सुत्केरी महिलाहरुको लागि अत्याधुनिक सुविधा युक्त ट्रस बनाउन नगरसँग सम्झौता गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले नगर क्षेत्र भित्र रहेको दुर्गम बस्ति झाङ्गाझिटी, मसिनेलगायत स्थानको अवलोकन गरेर उक्त क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुग्ने व्यवस्था मिलाउने बताउनु भयो । उहाँ आफु चाँडै नै कोरिया फर्किने र नेपालमा रहेको रुद्ध बहादुर मेमोरियल फाउण्डेशन (एनजीओ) ले यहाँ काम गर्ने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय