काठमाडौं । चन्द्रागिरिका युगपुरुष भनि चिनिएका बलराम कार्की अस्वस्थ हुनुभएको छ । नेपाली कांग्रेसका संस्थापक सदस्यमध्ये एक रहनुभएका कार्की अहिले सतुंगलस्थित एपीएफ अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ ।
तत्कालीन बाडभञ्ज्याङ् गाउ विकास समिति–६ मा जन्मिनुभएका ८३ वर्षीय कार्की हक्की र निडर स्वभावले परिचित हुनुहुन्छ । आफ्नो जीवनभरको अनुभव र शिक्षाको प्रकाशले नयाँ पुस्तालाई निरन्तर हौसला र प्रेरणा दिँदै आउनु भएका कार्कीलाई सम्पूर्ण वडाबासीहरुले अभिभावकको रुपमा लिएका छन् । आफु जवान छँदा चन्द्रागिरि नगरपालिका भित्र रहेका अधिकांश इँट्टाभट्टा नगरपालिकाबाट हटाउनको लागि महत्वपूर्ण भूमिका खेल्नुका साथै सुब्बाको वन संरक्षण गर्नमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।



उहाँले समाजमा भएका कुरिति र कुसस्कृतिलाई परिवर्तन गर्न निकै संघर्ष गर्नुभएको थियो । उहाँको एक श्रीमती, दुई छोरा, दुई छोरी रहेका छन् ।



