काठमाडौं । नेपाल टेलिकम बलम्बुले पोलमा राखिएका तारहरु झिक्न सुरु गरेको छ । टेलिकम पूर्णरुपमा अप्टिकल फाइबर प्रणालीमा सञ्चालन भएपछि काम नलाग्ने तारहरु निकाल्न सुरु गरेको हो । टेलिकमले विगत केही वर्षअघिबाट फाइबर प्रणाली सुरु गरेको थियो । तर, फाइबर सुरु भएपनि पुराना तारहरु अलपत्र अवस्थामा रहँदा सहरी सौन्दर्य तथा दुर्घटनाका जोखिम बढ्न थालेपछि अहिले तारहरु झिक्न थालेको हो ।

पूराना तारहरु निकालेपछि पोल, बजारको सौन्दर्यमा बढ्ने विश्वास गरिएको छ । टेलिकम बलम्बुले अहिले चन्द्रागिरिको गोदामदेखि तारहरु झिक्दै आएको छ । टेलिकमले आफ्ना एक्सचेन्ज मातहतका तारहरु विस्तारै विस्थापित गर्दै जाने बताएको छ ।

 

यसअघि नै टेलिकमले तारहरु निकाल्न खोजपनि प्राविधिक कारणले रोकिएको टेलिकम बलम्बुले जानकारी दिएको छ । टेलिकमले तारहरु हटाए पनि अन्य इन्टरनेट सेवा प्रदायकहरुले तारहरु अलपत्र अवस्थामा छोडिदिँदा दुर्घटना तथा सौन्दर्यमा भने कमी आउने अवस्था भने देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय