काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित ओमकारेश्वर मन्दिरको पूर्वाधार स्तरोन्नतिको काम भइरहेको छ । बागमती प्रदेश सरकारबाट विनियोजित बजेटबाट मन्दिरको भौतिक संरचना सुधार तथा आवश्यक पूर्वाधार विकासको कार्य अघि बढाइएको हो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरको संरक्षण र विकासलाई लक्षित गर्दै स्तरोन्नतिको योजना कार्यान्वयनमा ल्याइएको र मन्दिर परिसरलाई थप व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउने उद्देश्यले निर्माण तथा सुधारका विभिन्न काम भएरहेको समितिले जनाएको छ ।



बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजनामा लगानी गर्दै आएको छ ।



