(भिडियोको लागि लिंक क्लिक गर्नुहोस्) https://www.facebook.com/61555241267896/videos/1166407951642495 

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बाणभञ्ज्याङमा यात्रुबहाक हाइस दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको छ ।नारायणघाटबाट काठमाडौं आउँदै गरेको ग.१ ख ५५४६ यात्रुबहाक हाइस दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका हुन् ।

बसमा सवार यात्रुका अनुसार नागढुंगामा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा चालकलाई गाडीबाट बाहिर निस्कन भनेपछि चालक बाहिर निस्किएको र गाडी आफै गुडेर दुर्घटना हुन पुगेको बताउँछन् । उहाँहरुले गाडी आफै गुड्न थालेपछि यात्रुहरु हामफाल्न थालेको, हाइस अर्को बसमा ठोक्किए पनि नरोकिएको र गुड्दै सडक पेटी चढेर भीरमा पुगेको र होडिङ बोर्डको डण्डीले अड्कीएर बस भीरबाट खस्नबाट रोकिएको बताउँछन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि शहिद मोमोरियल अस्पताल लगिएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १४–१५ जना रहेको र बसमा सवार अधिकांश घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय