काठमाडौं । चन्द्रागिरि वडा नं. ५ स्थित विशाल ग्रुपको नवनिर्मित व्यापारीक गोदामको भवन पूर्णरुपमा संचालनमा नआउँदै नष्ट भएको छ । चन्द्रागिरि–५ स्थित दाउरा डिपोमा भर्खरै संचालनमा आएको व्यापारीक भवनमा जेनजीका प्रदर्शनकारीले आगो लगाई दिएपछि भवन नष्ट भएको हो ।




मंगलबार बेलुकादेखि लागेको आगो यो समाचार तयार गर्दासम्म नियन्त्रणमा आउन सकेको छैन । चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्रले आगो निभाउने प्रयास गरेपनि सफल हुन सकेको छैन । पानी सकिएपछि दमकल फर्किएको छ । आगो केही नियन्त्रणमा आएपछि ग्यास खोल्नका लागि गोदामभित्र केही व्यक्तिहरु गएर झ्यालका सिसाहरु फुटाएका थिए ।

अहिले पुनः गोदाममा आगो लाग्न थालेको छ ।



