काठमाडौं । माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ बाट सुरू हुने भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा रहेको चन्द्रागिरि–२ मा स्थानीय तह निर्वाचनमा पार्टीले विजय हासिल गरेका कारण उक्त वडाबाट अभियान सुरुवात गर्न लागिएको हो । अभियानको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरुवात गर्ने कार्यक्रम छ । माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । वडा वडामा केन्द्रित हुने कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बाट अभियानको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।

तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा पार्टीको भावी योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो । अभियान मंसिर १६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय