काठमाडौं । चन्द्रागिरिमा पहिलो पटक नेपाल जेसिसको राष्ट्रिय सम्मेलन हुने भएको छ । थानकोट जेसिसको क्षेत्र ‘ग’ को व्यवस्थापनमा यही जेठ १६ र १७ गते दुई दिन राष्ट्रिय सम्मेलन चन्द्रागिरिमा हुन लागेको पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

सम्मेलनका निर्देशक एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं कोषाध्यक्ष, सल्लाहकार मोहनलाल डाँगीले
सम्मेलनमा देशभरका १८ देखी ४० वर्ष उमेर समुहका करिब ६ सय जना प्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिनुभयो । उहाँले सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्नुहुने जानकारी दिनुभयो ।

सम्मेलनका निर्देशक डाँगीले जेसीसको उद्घाटन सत्रमा छिमेकी पालिकाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो ।

‘राम्रो भोलिका लागि सँगसँगै उठौं’ भन्ने नाराका साथ सुरु हुन थालेको सम्मेलनमा संविधानविद् डा. भिमार्जुन आचार्य, कलाकार दीपकराज गिरी र ई–गर्भनेनसका प्रमुख कार्यकारी अधिकृत दीपक विष्ट प्रमुख वक्ताका रुपमा ल्याइने छ । सम्मेलनमा देशैभरबाट आएका ६ सय जनालाई चन्द्रागिरि नगरपालिकाको इतिहास, सस्कृति र सम्पदाको विषयमा स्थलगत जानकारी गराइने छ ।

सम्मेलनमा लगभग ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय