काठमाडौं । चन्द्रागिरि नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रबर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई विना धितो दिइने ऋणमा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्ने भएको छ । वित्तीय संस्थाहरुले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोर्ने भएको हो ।

फागुन १७ गते चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नुभयो । यसबाट नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ ।

नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष व्याज अनुदान कार्यविधि २०७९ बमोजिम प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैँक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शुन्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ ।

समझदारीमा बैंकले कार्यविधि अनुसार प्रवाह गर्ने कर्जालाई लघुवित्त तथा लघुकर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक खडा गरी वा सोही शीर्षकमा आवद्ध गरी कोषले बैंकसंग नियमावली अनुसार सम्झौता गर्ने, कोषसँग लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रममा यस अगाडि आवद्ध बैँकले कार्यविधि अनुसार प्रवाहित कर्जाको सुरक्षणका लागि कोषसँग पुनः सम्झौता गर्नुपर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय