काठमाडौं । चन्द्रगिरि नगरपालिकाको बिभिन्न योजनामा कतार च्यारिटीले समन्वयन गर्ने भएको छ ।
मंगलबार चन्द्रगिरि नगरपालिका र कतार च्यारिटीको नेपाल योजना प्रमुख सहितको बैठकले कतारी सरकार संग समन्वय गरि चन्द्रागिरि नगरपालिकामा प्राविधिक शिक्षालय निर्माण, फोहोर मैला ब्यबस्थापन र पर्यटन क्षेत्रमा सहयोग गर्ने जानकारी दिएको हो । कतार च्यारिटीले चन्द्रागिरि नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्ने, व्हील चेयर लगायतका सामाग्री प्रदान गर्ने, विभिन्न वडामा आँखा जाँच शिविर तथा शल्यक्रियाको ब्यबस्थापन गर्ने र स्थानीय बिक्री केन्द्रको लागि भवन निर्माण गर्ने भएको हो ।



बैठकमा कतार च्यारिटीको नेपाल योजना प्रमुख इर्शाद अलि शेख सहित चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, नगर उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायत विभिन्न बिषयगत् समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।



