काठमाडौं । चन्द्रागिरि नगरपालिकाले एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ ।

नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याई नगरको शैक्षिक प्रतिष्ठा उँचो बनाउने विद्यार्थीहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल विद्यालयहरूलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगकै कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा नगरपालिकाले विशेष प्राथमिकता दिने बताउनुभयो । सम्मानले विद्यार्थीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने प्रमुख गिरीले विश्वास समेत व्यक्त गर्नुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपाली, शिक्षा शाखाका प्रमुख बुद्धि प्रसाद भट्ट, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने सबै पक्षको प्रशंसा गरिएको थियो ।

कार्यक्रमा विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

 

चन्द्रागिरि नगरपालिकाले आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय