चन्द्रागिरि नगरपालिकाकाठमाडौं उपत्यका प्रहरी कार्यालय बीच सीसीटीभी प्रणाली एकीकरण तथा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्पन्न सम्झौताअनुसार नगरपालिकाभित्र जडान गरिएका सीसीटीभी क्यामेरालाई प्रहरीको निगरानी प्रणालीसँग जोडेर सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने भएको हो ।

सम्झौतापछि अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सार्वजनिक सुरक्षा तथा आकस्मिक घटनाको निगरानीमा सहजता आउने अपेक्षा गरिएको छ । नगरपालिकाले आधुनिक प्रविधिमार्फत नागरिकको सुरक्षा मजबुत बनाउने उद्देश्यले सीसीटीभी प्रणाली विस्तार र एकीकरणलाई प्राथमिकता दिएको जनाएको छ । प्रहरीले पनि प्रविधिमैत्री सुरक्षा प्रणालीले अनुसन्धान तथा निगरानी कार्यलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय