काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ घुमाउने निवासी तथा स्थानीय भालेश्वर मन्दिरका पुजारी श्यामप्रसाद लामिछानेको निधन भएको छ । विक्रम संवत १९९९ माघ २७ गते जन्मिएका लामिछानेको यही असार २२ गते ८४ वर्षको उमेरमा निधन भएको हो ।

२०७३ सालदेखि स्थानीय पक्षबाट चन्द्रागिरि भालेश्वर मन्दिरमा पुजारीका रूपमा रहनुभएका लामिछानेले मन्दिरमा हुने पूजा–आराधना, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिंदै आउनु भएको थियो ।

उहाँको निधनप्रति चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले गहिरो दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष श्याम बलामीले दिवङ्गत लामिछानेले स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय