काठमाडौं । केही दिनअघि परेको अविल वर्षाले देशैभर ठूलो धनजनको क्षति भएको छ । चन्द्रागिरि नगरपालिका र धुनिबेशी नगरपालिकाको सीमानामा ३ वटा गाडी पहिरोले पुरिदा ३५ जनाले ज्यान गुमाएका थिए । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पहिरोले घर पुरिंदा दुई जनाको मृत्युभएको थियो भने केही घाइते भएका थिए । बाढी र पहिरोले नगरभित्रका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा पनि बाढीपहिरोले करोडौंको भौतिक संरचनामा क्षति पुगेको छ । कार्यवहाक वडाअध्यक्ष रामशरण महतले वडाभित्र पहिरोले कहि विजुलीको पोल ढलेको, कही खानेपानीमा समस्या भएको । कही घर पहिरोको जोखिममा परेको छ भने कहि हिडडुल गर्नसम्म नसक्ने गरी सडक खसेको बताउनु भयो । उहाँले वडाको भित्रि मुख्य सडक वडा नम्बर १ र ७ जोड्ने त्रिवेणीको बाटो पहिरोले हिड्डुल गर्नसम्म असहस भएपछि बाटोको पुनःनिर्माणको सुरुभएको छ ।

वडा सदस्य भुवन केसीले उक्तबाटो पूर्णरुपमा पहिरोले क्षति पुगेकोले तत्काल यातायात संचालन गर्न नसकिने र मान्छेसम्म हिड्डुल गर्न सक्ने गरी बाटो पुनःर्निमाणको काम भएको बताउनु भयो । उहाँले जतिसक्दो झिटो बाटो संचालनका लागि नेपाली सेनाको मद्दत मागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय