काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं २ का नेता तथा कार्यकर्ताहरूलाई बधाई दिनु भएको छ । जनतासँग माओवादी विशेष अभियानको चन्द्रागिरि–२ बाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले काठमाडौंभर माओवादीको बिऊ जोगाएकोमा यहाँका नेता तथा कार्यकर्तालाई बधाइ दिनुभएको हो ।

अब माओवादी देशैभर फैलन दाबी गर्दै प्रधानमन्त्री दाहालले हजारौं जनताको बलिदानलाई मर्न नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेश इञ्चार्ज जनार्दन शर्माले माओवादी जनताको सुख दुःखको साथी बन्न नसके प्राप्त उपलब्धी गुम्ने बताउनु भयो । उहाँले सबै तहमा सुशासन स्थापित गर्न बागमती प्रदेशबाट नै अभियान सुरु गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

२०७९ साल बैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं भरमा चन्द्रागिरि–२ मा माओवादीले वडाध्यक्षसहित प्यानलै विजय हासिल गरेको थियो । सोही आधारमा पनि माओवादी आफ्नो विशेष रुपान्तरण अभियान चन्द्रागिरि–२ बाट सुरु गरेको हो ।

माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान आजबाट सुरू भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेपछि चन्द्रागिरि–२ घट्टेडाँडाबाट वडास्तर अभियानको उद्घाटन गर्नुभएको हो । घट्टेडाँडास्थित पार्कभित्र प्रधानमन्त्रीले दाहालले विभिन्न फलफूलका विरुवा रोप्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय